यात्रुलाई शितलता प्रदान गर्न अटो रिक्साको छतमा बगैंचा

यात्रुलाई शितलता प्रदान गर्न अटो रिक्साको छतमा बगैंचा
नेपालआईज
२० वैशाख २०७९ १३:४६

एजेन्सी । भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई शितलता प्रदान गर्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा बनाएका छन् ।

भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैचाले उनको गाडीलाई चिसो राख्छन् ।

४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने यात्रुलाई आकर्षित गरिरहेको छ । फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो । मैले छतमा केही बिरुवाहरू हुर्काए जसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’

नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ । तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर