सिड्नी — अस्ट्रेलियामा नेपालीद्वारा सञ्चालित मल्टी डाइनामिक रियल इस्टेटले नेपालका बाढीपीडितको राहतका लागि ६ लाख १५ हजार ७१७ नेपाली रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अनुसार उक्त रकम करिब ५ हजार ५४७ अस्ट्रेलियन डलर बराबर हो। मल्टी डाइनामिक परिवारले बाढीबाट ज्यान, घरबार तथा जीविकोपार्जन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ।
नेपालमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ।