Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणको लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको सूचना राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विद्येयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामा नै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।