हवाई मार्ग थप गर्न भारतसँग पर्यटनमन्त्रीको अनुरोध

हवाई मार्ग थप गर्न भारतसँग पर्यटनमन्त्रीको अनुरोध
नेपालआईज
६ माघ २०७९ १२:३०

नेपाल । नेपाल सरकारले हवाई मार्ग थप गर्न भारतसँग अनुरोध गरेको छ । हाल बाराको सिमरा सबैभन्दा बढी प्रयोग हुने हवाई मार्ग हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिमरा हवाई मार्गमा चाप बढेकाले थप हवाई प्रवेश मार्ग दिन अनुरोध गरेका हुन् ।

भेटमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताएका थिए ।

शुक्रबार मन्त्रालयमा पुगेर श्रीवास्तवले मन्त्री किराँतीलाई भेट गरेका हुन् । अहिले विदेशबाट आउने अधिकांश विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेका छन् ।

पश्चिम या पूर्व जताबाट विमान आए पनि भारतीय आकाशबाटै सिमरा हुँदै काठमाडौँ भित्रिनुपर्छ । नयाँ हवाई मार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ । खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने सम्बद्ध अधिकारी बताउँछन् ।

नेपालमा पूर्व र उत्तरमा एक–एक वटा हवाई मार्ग भए पनि न्यून मात्र हवाई जहाज यी मार्गबाट आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर