रविले भने–‘म अनागरिक हुँ’

रविले भने–‘म अनागरिक हुँ’
नेपालआईज
१३ माघ २०७९ १८:२३

नेपाल । सर्वाेच्च अदातलको फैसलासँगै सांसद्, उपप्रधान र मन्त्री पद गुमाएका रवि लामिछानेले अब आफू अनागरिक रहेको प्रतिक्रियता दिएका छन् ।

शुक्रबार मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लामिछानेले यस्ताे बताएका हुन् । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’ उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने पनि बताए । लामिछानेले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए ।

अब के गर्नुहुन्छ ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर