नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपालआईज
२५ फागुन २०७९ १२:१६

नेपाल । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै नेता पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत प्राप्त गर्नुभएको छ । यसैगरी नेम्वाङले संघतर्फ ९८ र प्रदेशतर्फ १६२ सांसदको प्राप्त गर्नुभयो । यस्तै पाँच मत भने बदर भएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाइ दिनुभएको छ । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।’ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर