मिटरब्याज पीडित र सरकारबीच पाँचबुँदे सहमति

मिटरब्याज पीडित र सरकारबीच पाँचबुँदे सहमति
नेपालआईज
१८ चैत २०७९ १४:४९

नेपाल । मिटरब्याज पीडित र सरकारबीच पाँचबुँदे सहमति भएको छ । शनिबार सरकार वार्ता टोली र र पीडितहरूको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो ।

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै उच्चस्तरीय आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।

त्यस्तै पीडितका नियमित उजुरी तथा गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको सं‌योजकत्वमा जिल्लाका प्रहरी, सरकारी वकिल, नापी कार्यालय प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधि राख्ने र जिल्लास्तरीय समन्वय / सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ। आयोग गठनको निर्णयसँगै मिटरब्याज विरूद्धको सं‌घर्ष समितिले गर्दै आएको आन्दोलन पनि फिर्ता भएको छ।

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं‌ आइपुगेका मिटरब्याज पीडित र सरकारबीच तीन दिनदेखि विभिन्न चरणमा वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर