पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ
नेपालआईज
१९ वैशाख २०८० ६:२७

काठमाडौँ, १९ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा राईलाई मंगलबार ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको हाे।

राईविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार राई भएकाे दाबी गरिएकाे छ।

यसअघि नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि दिएको बयानका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर