धरानका मेयर साम्पाङ ‘श्रम संस्कार’ अभियानमा अस्ट्रेलियाको प्राबिधिक सहयोग खोज्दै 

धरानका मेयर साम्पाङ ‘श्रम संस्कार’ अभियानमा अस्ट्रेलियाको प्राबिधिक सहयोग खोज्दै 
नेपालआईज
२२ असोज २०८१ २३:०३

नेपाल ।  लुम्बिनी-कपिलबस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमणको सिलसिलामा धरान उप-नगरपालिकाका मेयर हर्क साम्पाङसंग भेट गरि  उनको ‘श्रम संस्कार’ को विकास र धारणाको बिकासमा अस्ट्रेलियन सरकारको प्राबिधिक सहयोगको बारेमा छलफल गरेका छन ।

भेटघाटमा  श्रेष्ठले अभियानको बारेमा जानकारी दिंदै मेयर साम्पाङले चुनाबी मुद्धालाई कार्यान्वयन गर्ने सिलसिलामा छोटो समयमा नै श्रम संस्कारलाई स्थापित गर्ने काम बुझ्नेका लागि सामान्य नभएर महान र ऐतिहासिक काम भएको बताए । 

 श्रेष्ठले संस्कार बनाउन र भत्काउन बर्षौं लाग्ने, तर मेयर साम्पाङले चुनाबी मुद्धालाई कार्यान्वयन गर्ने सिलसिलामा छोटो समयमा नै श्रम संस्कारलाई स्थापित गर्ने कामलाई जुन स्तरमा स्थापित गर्न सफल भएका छन यो ऐतिहासिक र उदाहरणिय भएको बताए ।

श्रेष्ठले डढेलो निभाइनुपर्ने हुन्छ, तर मेयर साम्पाङले ‘श्रम संस्कार’ को जुन डढेलो लगाएका छन यस्लाई नेपालको विकास चाहने सबै नेपालीले देशभरी फैल्याउनु पर्छ भन्ने कुरामा जोड दिंदै भ्रस्टाचारीहरु र उन्का आसेपासेले भने यो डढेलो निभाउन भगिरथ प्रयास गर्ने बताए ।

श्रेष्ठले धरान उप-नगरपालिकाले यस्को बिकासका लागि आबस्यक पर्ने प्राबिधिकहरु उपलब्ध नभएको र धरान उप-नगरपालिकाले चाहेको खन्डमा अस्ट्रेलियाबाट त्यस्ता प्राबिधिक र बिज्ञहरु स्वयंसेवकको उपलब्ध गराउन आफूले समन्वयकारी भूमिका निर्बाह गर्ने बताए ।

भेटघाटको अबसरमा मेयर साम्पाङले नेपालमा वास्तबिक रुपमा काम गर्न चाहनेलाई बिभिन्न ब्यबधान सिर्जना गरिदिने र मुद्धा लगाइदिनेहरुको समेत कमी नहुनु बिडम्बना भएको  सुनाए । 

मेयर साम्पाङ्संगको भेटमा प्रभा श्रेष्ठ ,पुजा श्रेष्ठ र कवी चन्द्र गुरुङ पनि सहभागि थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर