जेनजी आन्दोलनमा ७२ जनाले ज्यान गुमाए, मारिएकालाई शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति

जेनजी आन्दोलनमा ७२ जनाले ज्यान गुमाए, मारिएकालाई शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति
नेपालआईज
२९ भदौ २०८२ ६:२२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे औपचारिक विवरण सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारमा आयोजित पदभार ग्रहण कार्यक्रममा प्रस्तुत विवरणअनुसार आन्दोलनका कारण ७२ जनाले ज्यान गुमाएका छन् ।

मृतकमध्ये ५९ जना आन्दोलनकारी, ३ जना प्रहरी र कारागारबाट भाग्ने क्रममा १० कैदी रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले सबै मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएका १३४ प्रदर्शनकारी र ५७ जना प्रहरीको निःशुल्क उपचारको व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा बलिदान हुनेहरुको सम्झनामा राज्य संवेदनशील र जिम्मेवार हुने प्रतिबद्धता दोहोर्याएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर