वैदेशिक रोजगार विभागद्धारा विभिन्न कल्सल्टेन्सीद्धारा भैरहेको ठगी सम्बन्धमा ध्यानाकर्षण

वैदेशिक रोजगार विभागद्धारा विभिन्न कल्सल्टेन्सीद्धारा भैरहेको ठगी सम्बन्धमा ध्यानाकर्षण
नेपालआईज
१३ वैशाख २०७९ ३:४५

शैक्षिक परामर्श लगायतको विभिन्न उद्देश्य राखि खोलिएका केही कल्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगिरहेको घटना प्रति वैदेशिक रोजगार विभागले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभागमा त्यस प्रकारका उजुरीहरुको संख्या दिनहुँ बढ्दै गइरहेको र त्यस्ता कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरु उपर अनुसन्धान भैरहेको पनि बताएको छ ।

उजुरीको अनुसन्धान गदै जाँदा त्यस्ता कल्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुको खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असुलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न संचालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने बताएको छ । यस्ता गैरकानुनी क्रियाकलाप र गैर कानुनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा कम गर्न चाहने कर्मचारीलाई सचेत रहन आग्रह पनि गरेको छ । साथी ती कल्सल्टेन्सीहरुको दर्ता गर्ने तथा इजाजत दिने निकायहरुलाई त्यस्ता संघ संस्थाहरुको अनुगमन र निगरानीलाई सघन गरी उद्देश्य विपरितका कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन विभागले अनुरोध पनि गरेको छ ।

साथै वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न÷गराउन पनि नपाउने बताएको छ । कानुन विपरितको यस्ता कार्य गरेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मारी वा संचालकलाई कम्तिमा तीन देखि सात वर्ष सम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको बताएको छ । तसर्थ आफूले प्राप्त गरेको इजाजत र उद्देश्य विपरितका कुनै पनि क्रियाकलापमा संलग्न नरहन सम्बन्धित कन्सल्टेन्सीलाई ध्यानाकर्षण गराएको छ । साथै वैदेशिक रोजगारीमाा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिएर मात्र वैदेदशिक रोजगारीमा जानु हुन त्यस विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशकि रोजगारीमा पठाउन लागेको संस्था त्यस विभागको इजाजतपत्रवाला संस्था हो होइन एकीन गर्नु हुनको साथै कुनै पनि कन्सल्टेन्सी वा व्यक्तिले स्टुडेन्ट, भिजिट, वर्किग भिषा मार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाए वा रकम माग गरेमा सोको भ्रममा नपर्नहुन र यस्तो जानकारी हुनासाथ सम्बन्धित निकायमा तुरुन्त खबर गर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर