सगरमाथा क्षेत्रको ६५७४ मिटर उचाइमा राजु लामाको ‘कन्सर्ट’

सगरमाथा क्षेत्रको ६५७४ मिटर उचाइमा राजु लामाको ‘कन्सर्ट’
नेपालआईज
२१ वैशाख २०७९ ११:१७

काठमाडौं । ‘मंगोलियन हर्ट’ ब्यान्डका गायक राजु लामाले सगरमाथा क्षेत्रको ६५७४ मिटरको उचाइमा गाएका छन्। जलवायु परिवर्तनबारे सन्देश दिने उद्देश्यले उनी अहिले सगरमाथा आरोहण अभियानमा छन् ।  

उनले ६५ सय मिटरको उचाइभन्दा माथि गीत गाउन सजिलो नभएको बताएका छन्। ‘अहिलेसम्मको रेकर्डमा ६४७० मिटरसम्म गीत गाइएको रहेछ,’ उनले भनेका छन्, ‘मैले चाहिँ ६५७४ मिटरको उचाइमा आफ्नो रिलिज नभएको गीत ‘हिमालले डाक्यो मलाई’ गाएँ। यति उचाइमा गीत गाउन सजिलो छैन।’

जलवायु परिवर्तनको असरबारे विश्वव्यापी रूपमा ध्यानाकर्षण गराउन हिमालमा गीत गाएको उनी बताउँछन्। ‘व्यक्तिगत रूपमा हरेकले कसरी जलवायु परिवर्तनमा कार्बन उत्सर्जन घटाउन सहयोग पु¥याउन सक्छ भनेर जनचेतना फैलाउन गीत गाएको हुँ,’ उनले भनेका छन्, ‘मान्छेहरूले भन्छन्– हिमाल आरोहण गर्नु पागलपन हो र मलाई लाग्छ म पागल हुँ (क्लाम्बिङ इज म्याडनेस एन्ड आई थिङ्क आई एम म्याड)।’


‘हिमाललाई नजिकबाट हेर्ने चाहन्छु,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘साथै कार्बन उत्सर्जन घटाउन र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सन्देश फैलाउन सगरमाथा आरोहण गर्न लागेको हुँ।’ उनले बिबिसी संगको कुराकानीमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर