क्रिप्टोमा लगानी गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ

क्रिप्टोमा  लगानी गरेको अभियोगमा  काठमाडौंबाट एकजना पक्राउ
नेपालआईज
२९ असार २०७९ २१:३०

कठमाडौं । क्रिप्टोमा लगानी गरेको आरोपमा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई प्रहरीले पक्राउ परेका छन् । बुधबार दिउँसो उनको घर पानीपोखरीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । उनले क्रिप्टोमा कति लगानी गरेका छन् भन्ने खुलेको छैन । 

नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर