प्रकाश सपुत भन्छन् – पढेलेखेको पुस्ताले देश बनाउने कि बनिसकेको देशमा ‘शेटल’ हुने 

प्रकाश सपुत भन्छन् – पढेलेखेको पुस्ताले देश बनाउने कि बनिसकेको देशमा ‘शेटल’ हुने 
नेपालआईज
२ कार्तिक २०७९ ८:२७

   

दशैं सांगितक टुरका क्रममा न्युजिल्यान्ड पुगेका कलाकार प्रकाश सपुतले   न्युजिल्यान्डमा  मानिसको जनसंख्याभन्दाबढी भेडाको संख्याभएको बताउँदै नेपालको राजनीतिकलाई चोटिलो व्यंग्य गरेका छन् । उनले भनेका छन् न्युजिल्यान्ड त  मानिसको जनसङ्ख्याभन्दा तीन गुणा बढी भेडा रहेन । त्यो भन्दा बढी भेडा त नेपालमै छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् अव चुनावआउदैछ । भेडा बन्नेकी भेडा पालेर  पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने सोच्ने हो की  भन्दै प्रश्न गरेका छन्। 

उनी सामाजिक संजालमा आप्ननो अनुभव यसरी साट्छन् : 

न्यु जिल्यान्ड एकदमै शान्त र प्राकृतिक रहेछ । कृषिमय रहेछ । किवि फ्रुट, डेरी फार्म (गाई पालन ) र भेडा यहाँको मुख्य आम्दानीको श्रोत हो । पर्यटन त भैनै हाल्यो । २ जनाको नेपाली परिवारले ४-५ सय गाई पालेको र लाखौ लिटर दुध उत्पादन गरेको भेटियो । किवि फ्रुट बाट मनग्य आम्दानी गर्ने नेपालीहरु थुप्रै छन यहाँ । बैंक मा काम गर्ने एक नेपालीका अनुसार यहाँ शुटबुट मा ठाटिएको व्यापारी संग भन्दा सामान्य भेषमा आएको कृषकसंग बढि पैसा हुन्छ भन्ने विश्वास गरिदो रहेछ । यस्ता कुराहरु गुगल गरे पनि भेटिन्छ । विश्वका टप १० मा पर्ने प्राध्यापक नेपालीहरु छन यहा उनीहरु लाई सोधे पनि हुन्छ । अरु रेगुलर काम गर्ने नेपालीलाई पनि आईडिया छ । अलिअलि सरकारी खर्च लिएर घुमेर / हेरेर सिकेर गए पनि हुन्छ किनकि हाम्रो देशले अनुशरण गर्न सक्ने कृषिका थुप्रै उदाहरण रहेछन यहा । तर गर्ने कस्ले ? पढेलेखेको एउटा पुस्ता देश बन्ने बेला सम्म क़ुर्नु भन्दा बनेको देशमा गएर शेटल हुन सजिलो मानेर उड्याउड्यै छन । हामी राष्ट्रभक्त भईटोपल्ने हरुले गर्ने मेसो पाउदैनौ । यस्सो गित गायो । गुनासो गर्यो । सकियो । देश बनाउछु भनेर ज़िम्मा लिएकाहरु देशकै स्रोत शक्तिले आफ्नाहरु पोस्न र राजनैतिक भाडभैलो गर्नमै व्यस्त छन । “न्यु जिल्यान्ड मानिसको जनसंख्या भन्दा ३ गुणा बढि भेडाहरु रहेछन । त्यो भन्दा धेरै भेडा त नेपालमै छन “ भन्ने जोक यो यात्रामा खुब चल्यो । अब चुनाव आउदैछ । साच्चै आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने ? सोच्ने होकि !


दशै सांगितिक टुर रमाईलो भयो । सबै टुर व्यवस्थापन गर्नLakhey Eventsts र उहाहरु संग सहकार्य गरी कार्यक्रम आयोजना गर्ने संघसस्था र उपस्थित सबै सबैमा धेरै धेरै धन्यबाद । हामी पुगेका ५ वटा मध्य ४ वटा शहरमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको रहेछ । विश्वका धेरै शहरमा बस्ने नेपालीहरु माझ यसरी पहिलोपटक पुग्ने अवसर पाईरहेको छु । यो छुट्टै अनुभव हो । फेरी – फेरी कार्यक्रम आयोजना हुदा कुरा भैरहनेछ -“ पहिलो पटक उनी आएका थिए ! देशको सम्झना लिएर/ पिर लिएर ! गलबन्दिमा अलिकति रमाईलो लिएर !”जे होस न्यु जिल्यान्ड हाम्रो तेन्जिङ नोर्गे संगै पहिलो पटक सगरमाथा चढ्ने सर एडमन हिलारीको देश हो । उनको सम्झनामा यहाँको ५ को नोटमा सगरमाथा र एडमनको तस्विर राखिएको छ । यहाँ आउने प्रत्येक नेपालीलाई सोधिन्छ – “ सगरमाथा चढ़ेका छौ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर