नेपाली क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा थुनामुक्त

नेपाली क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा थुनामुक्त
नेपालआईज
२९ पुष २०७९ ११:२५

नेपाल – नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएकाले लामिछाने शुक्रबार थुनामुक्त भएका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु समय लागेका कारण लामिछाने बिहीबार छुट्न सकेका थिएनन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर