विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छुः प्रधानमन्त्री दाहाल

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छुः प्रधानमन्त्री दाहाल
नेपालआईज
६ माघ २०७९ ९:४७


नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरूको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकम वृद्धिलगायत काम भइसकेको भन्दै अब थप काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफ्‍नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने पनि दाबी गरे ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे । उनले यो व्यवसाय संवेदनशील रहेकाले यसलाई व्यवस्थित र मर्यादित बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेकोसमेत बताए ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार ऐन संशोधन गर्न तयार रहेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर