रास्वपाले डीपी अर्याललाई बनायो कार्यवाहक सभापति

रास्वपाले डीपी अर्याललाई बनायो कार्यवाहक सभापति
नेपालआईज
१३ माघ २०७९ १७:४४

काठमाडौँ । डीपी अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति बनाइएको छ । शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले संघीय सरकारका श्रममन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो । अर्याल रास्वपाका समानुपातिक सांसद हुन् ।

सर्वोच्च अदालतको आदेशपछि अनागरिक भएका लामिछानेको सांसद पद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टी सभापति र पार्टी साधारण सदस्यतासमेत खारेज भएको थियो ।

यसैबीच, रास्वपाको बैठकले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ। यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि रास्वपाले स्थगन गरेको हो ।

पार्टीका प्रवक्ता डा. मुकुल ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिका सबै बैठक र संगठन विस्तारका सबै कार्यक्रम विशेष परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर