म्यानपावर कम्पनी नसुध्रिए निर्मम भएर कारबाही गर्छुः मन्त्री अर्याल

म्यानपावर कम्पनी नसुध्रिए निर्मम भएर कारबाही गर्छुः मन्त्री अर्याल
नेपालआईज
२२ माघ २०७९ ११:२८

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ठगी गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले ठगी गर्नेलाई कारबाही गर्नका लागि कसैले रोकेर मन्त्री र मन्त्रालय नरोकिने पनि स्पष्ट पारे । म्यानपावर र व्यवसायीहरूलाई सुध्रिनका लागि समय दिने र दिएको समयमा पनि नसुध्रिए मन्त्रालय निर्मम भएर कानुन बमोजिम कारबाही गर्ने पनि उनले बताए ।

मन्त्री अर्यालले आफू यस मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री भएर काम नगर्ने पनि बचन दिएका छन् । आफू कुनै पनि राजनीतिक दलको मन्त्री भएर नआएको समेत उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर