नेपाल । अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । बालयौन दुराचारको आरोपमा सफाइ पाएसँगै उनी सोमबार थुनामुक्त भएका हुन् ।
उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएपछि नायक शाह जेलमुक्त भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका छन् ।
आफूमाथि बलात्कार भएको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले भने आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् ।
नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेपछि शाह जेलमुुक्त भएका हुन् ।
बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।