नेपाल । काठमाडौँ–सिड्नी हवाई उडान नेपाल एयरलाइन्सले गर्ने गरी वायुसेवा ताेकिएको छ । पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत् नेपाल एयरलाइन्सलाई अस्ट्रेलिया उडानका लागि आधिकारिक वायुसेवा तोक्ने निर्णय गरेको हो ।
सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच विमान उडाउन पाउने एयर सर्भिस एग्रिमेन्ट भएको थियो । यो एग्रिमेन्ट भएको चार वर्षपछि वायुसेवा तोकिएको हो । यो निर्णयलाई अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियन सरकारको सम्बन्धित निकायलाई पत्राचार गरिसकेपछि उडानको प्रारम्भिक ढोका खुल्नेछ।
अस्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्छन् । काठमाडौँ–सिड्नी सिधा उडान सुरु भएपछि विशेष गरी अध्ययनका लागि अस्ट्रेलिया पुग्ने नेपाली विद्यार्थीलाई सहज हुने विश्वास छ ।