कोरोना संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु
नेपालआईज
३ वैशाख २०८० ७:१०

नेपाल । कोरोना संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु भएको छ । लामाे समयपछि कोरोना संक्रमणका कारणका शनिबार र आइतबार एक–एक जनाको मृत्यु भएको हो ।

मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला छन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान एक महिलाको कोरानाबाट मृत्युभएको छ।

भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको उपचारका क्रममा आइतबार बिहान निधन भएको अस्पतालले जनाएको हो । मुुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी वृद्धामा गत चैत २१ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचार गराइरहेका भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर