नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
नेपालआईज
५ वैशाख २०८० ११:३६

नेपाल । पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा १०५ र एन्टीजेन परिक्षण गर्दा ६६ गरी जम्मा १७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २९२ जनाले कोरोना परीक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३१ हजार ४९२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर