तनहुँ क्षेत्र-१ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ क्षेत्र-१ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी
नेपालआईज
१२ वैशाख २०८० १:५९

तनहुँ, १२ वैशाख । उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १४ हजार ३ सय ८८ मत अन्तरले पराजित भएका छन् । भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका हुन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ-१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर