नेपाल । सरोकारबालाहरूले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न माग माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ गर्नुपर्ने उनीहरूको माग हो ।
सरोकारवालाहरूले यो निर्देशिका विद्यार्थीको हित विपरीत रहेको पनि उनीहरूको दाबी छ । बिहीबार पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाले यो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हित विपरीत रहेको दाबी गरेका छन् ।
विद्यार्थीहरूले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ । शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।
मनिर्देशिका सही मनशायबाट नआएको उहाँको भनाइ छ । सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेकोसमेत उहाँले बताउनुभयो ।