नेपाल । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स औपचारिक भ्रमणका लागि काठमाडाैँ आएका छन् । वाट्स नेपालको दुईदिने भ्रमणका लागि मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ ।
यसैबीच, नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको रत्नेश्वर मन्दिरको टुँडाल आर्ट ग्यालरी न्यू साउथ वेल्सले नेपाललाई फिर्ता गर्ने भएको छ । टुँडाल हस्तान्तरण गर्ने कार्यक्रममा पनि वाट्स सहभागी हुने छन् ।
केही दिनअघि सहायक विदेशमन्त्री वाट्सले आफू नेपाल जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका थिए ।