नेपाल । अस्ट्रेलिया सहायक परराष्ट्रमन्त्री टिम वाट्सले हिमालयन उद्दार संघ नेपाललाई अस्ट्रेलियामा निर्मित पोर्टेवल अल्टीटुड च्यामबर (पीएसी) हस्तान्तरण गरेका छन् ।
यो सामाग्री संघको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिनेछ । अस्ट्रेलियाको Bartlett Manufacturing ले उत्पादन गरेको उक्त पीएसीले तत्काल र सुरक्षित रूपमा होचो स्थानमा झर्न कठिनाइ हुने र बिरामी हलचल गर्न नसक्ने गरी लेक लागेको अवस्थामा तत्काल व्यवस्थापन गर्न सहयोग गर्छ ।
सहायक मन्त्री वाट्सले अस्ट्रेलियाली र अन्य देशका नागरिकलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा संघप्रति आभार व्यक्त गरे ।
उनले भने, ‘नेपाल सfहासिक पर्यटनका लागि एक मनपराइएको गन्तव्य हो । प्रत्यक वर्ष करिब २७ हजार अस्ट्रेलियाली नेपाल भ्रमण गर्दछन् र यस वर्ष अस्ट्रेलिया नेपालको चौथो ठूलो पर्यटकको श्रोतको रूपमा रह्यो ।’ पर्यटन क्षेत्र तङ्ग्रि रहेको यो अवस्थामा अझै धेरै अस्ट्रेलियालीले यो वर्ष नेपाल भ्रमण गर्ने उनको अपेक्षा छ ।
नेपाली र विदेशी नागरिकलाई दुर्गम उच्च हिमाली क्षेत्रहरूमा राम्रो गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि यसअघि अस्ट्रेलियाले संघलाई स्याटलाइट फोन र अन्य उपकरणहरू सहयोग गरिसकेको छ ।