काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छन्। शीतनिवासमा आयोजित विशेष समारोहमा उनले आफ्नो पद तथा गोपनीयताको शपथ पूरा गरेकी हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। युवा (जेन–जी) आन्दोलनको प्रभावमा बनेकी कार्कीले सो संविधानको धारा अनुसार नियुक्तिपत्र प्राप्त गरेकी हुन्।
शपथग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मञ्चमा उपस्थित थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि कार्यक्रममा सहभागी भए। तर सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताहरू कार्यक्रममा उपस्थित थिएनन्।