थापा जगदम्बा-श्री र इङ्नाम मदन पुरस्कार द्वारा सम्मानित

थापा  जगदम्बा-श्री र इङ्नाम मदन  पुरस्कार द्वारा सम्मानित
नेपालआईज
२५ कार्तिक २०७८ ८:३०

नेपाल व्यूरो

नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान र लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार प्रदान गरिएको छ।

मदन पुरस्कार गुठीले बुधबार एक विशेष समारोहबीच नृत्यशास्त्री थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान र लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरेको हो। दुवै जनालाई गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान र पुरस्कार अर्पण गरेका हुन्।


जगदम्बा–श्री सम्मान ग्रहण गर्दै नृत्यशास्त्री थापाले आफ्नो कामको मूल्याङ्कन भएकोमा खुशी लागेको बताए। यतिका वर्षसम्म राज्यले नसम्झे पनि मदन पुरस्कार गुठीले मूल्याङ्कन गरेको उनको भनाइ थियो।

त्यस्तै, मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको महसूस गरेको बताए। यसले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने उनको भनाइ थियो।


समारोहमा इतिहासकार गौतमवज्र वज्राचार्यले विद्वत् प्रवचन दिएका थिए। उनले ऋतु संस्कृतिका विषयमा चर्चा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर