नेपालका ७३.४ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए

नेपालका ७३.४ प्रतिशत नागरिकले  कोभिडविरुद्धको खोप लगाए
नेपालआईज
२५ कार्तिक २०७८ ७:२९

नेपाल व्यूरो ।  नेपालले ७३.४ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाएको जनाएको छ ।  कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप  बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।  

८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् । अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९३० डोज कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खरिद गरिएका सबै खोपमध्ये ७३ दशमलव ४ प्रतिशत खोप दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मासिस्ट बडेबाबु थापाले ४६ लाख डोज केन्द्रीय र प्रदेश भण्डारण एकाइमा र बाँकी १२ लाख डोज जिल्ला तथा स्थानीय स्वास्थ्य सेवा एकाइमा मौज्दात रहेको बताउनुभयो ।

उहाँका अनुसार कात्तिक २८ गतेदेखि मङ्सिर ८ गतेसम्म दीर्घरोगीलाई एकलाख ६२० डोज फाइजर खोप दिइनेछ। त्यसपछि चीनबाट खरिद गरिएको १६ लाख भेरोसेलको खोप पनि दिइनेछ ।

Health workers and frontliners waiting to receive their second dose of the COVID-19 vaccine at a health centre north-central Nepal. © UNICEF/UN0447246/Prasad Ngakhusi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर