१२ बर्ष भन्दा माथिका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाईने

१२ बर्ष भन्दा माथिका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाईने
नेपालआईज
२५ कार्तिक २०७८ १:१२

नेपाल ब्यूरो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बालबालिकालाई फाइजर खोप लगाइनेछ। १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप  भएको हो । 

पहिलो चरणमा २८ कात्तिकदेखि ४ मंसीरसम्म र दोस्रो चरणमा २७ मंसीरदेखि २ पुससम्म खोप लगाइने मन्त्रालयले जनाएको  छ । 

बालबालिकासँगै दीर्घरोगीलाई पनि फाइजर खोप लगाइने भएको छ। मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने भएका छन्।

त्यस्तै, क्यान्सरका उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका व्यक्तिलाई पनि फाइजर खोप लगाइनेछ।

यससँगै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कको रक्तनली सम्बन्धी रोग भएका व्यक्तिलाई पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ। खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

यसैवीच स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा खोप केन्द्र तोकेको छ। सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर