अस्ट्रेलियन दुतावासले दियो, कोभिड–१९ युनिफाइड सेन्ट्रल अस्पतालाई स्वास्थ्य सामाग्री

अस्ट्रेलियन दुतावासले दियो, कोभिड–१९ युनिफाइड सेन्ट्रल अस्पतालाई स्वास्थ्य सामाग्री
नेपालआईज
१० मंसिर २०७८ ४:५९

काठमाडौं । 

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले वीर अस्पताल अन्तर्गतको कोभिड–१९ युनिफाइड सेन्ट्रल अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेका छिन् । 

राजदूत भोल्कले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालमा रहेको युनिफाइड सेन्ट्रल अस्पताललाई ४२ लखा मुल्य बरावरको स्वास्थ्य सामाग्री प्रदान गरेकी हुन् । 

कोभिड–१९ युनिफाइड सेन्ट्रल अस्पतालको आपतकालीन वार्ड स्थापना गर्न चाहिने सघन हेरचाह इकाई बेड तथा उपकरणहरु रहेका छन् ।

‘नेपालमा कोभिड–१९ खोप अभियान चलिरहेकाले अस्ट्रेलिया सरकारले हाम्रो कोभिड–१९ डेभलपमेन्ट रेस्पोन्स प्लान अन्तर्गत स्वास्थ्य सुरक्षाका लागि सहयोग गर्न प्रतिवद्ध छ । यस योजनाले सबैभन्दा जोखिममा परेकाहरुलाई सहयोग उपलब्ध गराउन केन्द्रीत छ । नेपालले एकैपटक धेरै चुनौतीहरुको सामना गरिरहेको अवस्थामा सिमान्तकृत समुदायको आवश्यकताहरु पहिले भन्दा अझै बढी रहेको छ,’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोल्कले  भनिन् । 

भोल्कले लुथरन वल्ड फेडरेसन नेपालको माध्यमबाट अस्ट्रेलियाले ती सामाग्रीहरु सहयोग गरेको र यसले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउने सहयोग गर्ने तथा नेपाल र अस्ट्रेलियाबीचको ६ दशक लामो मित्रतालाई बलियो बनाउने बताईन् ।

नेपालको कोभिड–१९ विरुद्धको अभियानमा सहयोग पुर्याउन अस्ट्रेलिया सरकारले लुथरन वर्ल्ड सहित अन्य गैरसरकारी संस्थाहरुलाई ७ मिलियन अस्ट्रेलियन डलर प्रदान गरेको थियो ।

सो कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर देव नारायण शाह, युनिफाइड सेन्ट्रल अस्पतालका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रोफेसर डाक्टर भुपेन्द्रकुमार बस्नेत र लुथरन वर्ल्डका कन्ट्री डाइरेक्टर विजय बज्रचार्य रहेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर