सूर्य चिह्नबाट चुनाव लड्ने कमल थापाको संकत

सूर्य चिह्नबाट चुनाव लड्ने कमल थापाको संकत
नेपालआईज
२४ चैत २०७८ १२:२५

नेपालगञ्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग तालमेल भएमा सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने संकेत गरेका छन्। पार्टीले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले एमालेसँग चुनावी तालमेलका लागि कुराकानी भइरहेकाले सहमति भए सूर्यबाट चुनाव लड्ने बताए।

अध्यक्ष थापाले आफूहरूले एमालेसँग ठूलो भाग नखोजेको बताए। ‘हामीले धेरै ठूलो माग गरेका छैनौँ। बाँकेको कुरा गर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयर र केही वडाध्यक्ष, कोहलपुर नगरपालिकामा पनि उपमेयर, केही वडाध्यक्षमा हाम्रो रुचि छ,’ अध्यक्ष थापाले भने, गाउँपालिकामा केही वडाध्यक्ष र सदस्य आशा गरेका छौं।’

थापाले राजसंस्था बोकेर हिँड्दा हिन्दूराष्ट्र स्थापनाको मुद्दा नै कमजोर हुन थालेकाले राजसंस्थालाई छाडेको बताए।

‘सबै दलको स्वीकार्य हुने गरी राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेको थिएँ। राजाले भने राजसंस्था पुनःस्थापनाका लागि कुनै सक्रियता देखाएनन्, उल्टै राजाले पटक–पटक पार्टीमा हस्तक्षेप गरे, थापाले भने, ‘राजाले पार्टीमा हस्तक्षेप गरिरहे। राजालाई बोकेर हिँड्दा हिन्दु राष्ट्रको एजेन्डा कमजोर हुने भयो।’ थापाले माओवादीलाई समेत स्वीकार्य हुने राजसंस्था स्थापना गर्ने विषयमा आफू निरन्तर लागेको स्मरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर