काठमाडौं । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।
नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए ।
‘‘अदालतमा पीडितले बयान फेरेकी छन्,” ती वकिलले भने । स्रोतकाअनुसार पीडित किशोरीले आफूले प्रभाव र दबाबमा आएर आरोप लगाएको बताएकी छन् ।
पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।