स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँचजना घाइते

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँचजना घाइते
नेपालआईज
४ वैशाख २०७९ ८:०७

वालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर अवस्थामा रहेका दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी कास्कीको गण्डकी अस्पताल रेफर गरिएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । अरुको तीनजना घाइतेको स्याङ्जामै उपचार भइरहेको छ ।

ग १ ज ७३९९ नम्बरको जिप बिहान सवा १० बजेतिर दुर्घटनामा परेको हो । प्रहरी टोली उद्धारका लागि घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर