नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता

नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता
नेपालआईज
१६ वैशाख २०७९ १२:४०

नेपालगञ्ज – राष्ट्रिय जनमोर्चाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार र माओवादी केन्द्रका उपमेयरका उम्मेदवारसहित १४ जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका जगदीश ढकालले उम्मेदवारी फिर्ता लिएका हुन्। गठबन्धनको भागबण्डामा नपरेपछि माओवादी केन्द्रले ताराकुमारी रोकायलाई उपमेयरमा उठाएको थियो।

उपमेयरको स्वतन्त्र उम्मेदवार बनेकी रोकायले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन्। नेपालगञ्ज उपहानगरपालिकामा ६ जना वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन्।

वडाध्यक्षबाट नाम फिर्ता लिनेमा लोसपाका श्यामकुमार सोनार, भातराम कोरी, औलो हल्ला, चिचिता बर्मा, हनाना बेहना, जययराम गोडिया रहेका छन्। सदस्यहरुमा रिना बैश्य, भुषण झा, देवीप्रसाद खतिवडा, माधवा जिसी, भुपी खत्री, गुर्मी कोरीले उम्मेदवारी फिर्ता लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर