काठमाडौँ– भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका छन् । उनी मित्र सुम्नीमा उदासको विवाहमा सहभागी हुन सोमबार साँझ काठमाडौँ आइपुगेको स्रोतले जानकारी दियो। उनी बिहीबार वैवाहिक कार्यक्रममा सहभागी हुनेछन् ।
पत्रकार सम्निमा उदास मंगलबार निमा मार्टिन शेर्पासँग वैवाहिक बन्धनमा बाँधिदै छिन् । सुम्निमा सीएनएनकी पूर्व पत्रकार हुन्। उनले केही वर्ष दिल्लीमा बसेर पत्रकारिता गरेकी थिइन् ।
उनी म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदास र रञ्जना उदासकी छोरी हुन् । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।