साथीको विवाहमा नेपाल आएका राहुल गान्धीको पबको भिडियो भाइरल

साथीको विवाहमा नेपाल आएका राहुल गान्धीको पबको भिडियो भाइरल
नेपालआईज
२० वैशाख २०७९ १३:४५

काठमाडौं । नेपाल भ्रमणमा आएका कांग्रेस नेता राहुल गान्धीको पबको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनी पबमा पार्टी गरिरहेको अवस्थामा देखिएका छन् ।

रिपोर्टहरुका अनुसार राहुल गान्धी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आएका हुन् । सुम्निमाका बुबा भीम उदासले भनेका छन् कि हामीले राहुल गान्धीलाई छोरीको विवाहमा सहभागी हुन निम्तो दिएका थियौं । भीम उदास म्यानमारका लागि नेपाली राजदूत हुन् । उनकी छोरी सुम्निमा पूर्व सीएनएन संवाददाता हुन्।

मिडिया रिपोर्टका अनुसार राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका थिए । हिजो उनी आफ्नी साथी सुम्निमा दासको विवाह समारोहमा सहभागी भएका थिए । विवाह आज हुँदैछ र रिसेप्सन मे ५ मा हुनेछ । सुम्निमाले निमा मार्टिन शेर्पासँग विवाह गर्दैछिन् । धेरै सोशल मिडिया प्लेटफर्महरूमा भाइरल भइरहेको भिडियोमा राहुल नाइट क्लबमा केही व्यक्तिहरूसँग पार्टीमा संलग्न छन्। राहुल वरपर उपस्थित मानिसहरू रक्सी पिइरहेका छन्।

कांग्रेस नेतृत्व संकटमा परेको बेला यो भिडियो भाइरल भएको छ । हालै प्रशान्त किशोरले कांग्रेसको व्यापक रुपान्तरणको कार्ययोजना पनि प्रस्तुत गरेका छन् । तर, प्रशान्त किशोरलाई कांग्रेसमा ल्याउने योजना अलपत्र परेको छ ।

राहुलको भाइरल भिडियोलाई लिएर भाजपाले प्रश्न उठाएको छ । पार्टी प्रवक्ता शहजाद पूनावालाले भनेका छन् – ‘राहुल गान्धी के गर्दैछन् त्यो उनको व्यक्तिगत मामिला हो, तर जब राजस्थानको जोधपुरमा हिंसा भैरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, त्यसमा चिन्ता व्यक्त गर्नुको सट्टा राहुल गान्धी नेपालको नाइट क्लबमा पार्टी गर्दै छन् । भारतका जनताको समस्या जान्न उनी अग्रसरहुनुपर्ने हो । उनी राजनीतिमा गम्भीर छैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर