न्युजिल्याण्ड । नेपाल न्यूजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी को अध्यक्षमा अशोक श्रेष्ठको नेतृत्वमा १० जनाको नयाँ टिम निर्वाचित भएको छ ।
सोसाइटीको हाल्लै सम्पन्न साधारणसभामा उपाध्यक्षमा महेश धामी, सचिव, नारद कुँवर र अमुल्य नेपाल कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तैगरी सदस्यहरुमा दिपक चौहान, सन्तोष सापकोटा, परमपरा कोइराला, राजेश खत्रि र नारायण नेपाल रहेका छन्।
निवर्तमान अध्यक्ष सुबोध ढकालले नयाँ कार्यसमितिलाई बधाइ दिदै भनेका छन्, ” हाम्रो दुई वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेरो कार्यकारी टोलीका सदस्यहरू (फोटोमा बसेका सबै मानिसहरू) लाई धन्यवाद दिन म यो अवसर लिन्छु। मेरो सम्पूर्ण कार्यकारी टोलीको तर्फबाट, म NNZFSC का सबै सदस्यहरूलाई हाम्रो कार्यकालभरि तपाईंको विश्वास, समर्थन र प्रोत्साहनको लागि धन्यवाद दिन चाहन्छु।”
नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी (NNZFSC) सन् २००२ मा स्थापना भएको थियो।
सबैलाई बधाई। नाम सम्प्रेसन अलि मिलेन जस्तो लाग्यो। राजेश खत्रि हुनु पर्ने नेत्र खत्रि भएछ। मिलाउन अनुरोध छ है।
नाम मिलाउनु भएकोमा धन्यवाद।