चार महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

चार महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिए
नेपालआईज
२८ वैशाख २०७९ १२:२८

काठमाडौँ – कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन्।

जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३४८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिएको थियो।

कोरोना महामारी विश्वभर फैलिएपछि यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले पर्यटकको आवतजावत प्रायः ठप्प भएको थियो।

अघिल्लो वर्ष सन् २०२१ को पहिलो चार महिनामा नेपालमा मात्र ५५ हजार ४४७ जना पर्यटक भित्रिएका थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटन आउने संख्या उल्लेख्य रुपमा बढेको विभागको तथ्याङ्कले देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर