काठमाडौंको मेयरमा बालेनले बढाउदै मत , विवेकशील साझाका उम्मेद्वारको अहिले सम्म ४२ मत

काठमाडौंको मेयरमा बालेनले बढाउदै मत , विवेकशील साझाका उम्मेद्वारको अहिले सम्म ४२ मत
नेपालआईज
१ जेठ २०७९ १३:०७

काठमाडौ । दिउँसो ४ बजेसम्मको मतगणनामा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा २८ सय २८ मत खसेको छ। दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) का केशव स्थापितले १४ सय ३८ ल्याउनुभएको छ। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० मत ल्याउनुभएको छ।

महानगरको प्रमुख पदमा उम्मेदवार रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको पक्षमा २७६, स्वतन्त्र उम्मेदवार सुमन सायमीको २७७ मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, प्रमुखमा निर्वाचन चिह्नहरु कलममा १२, तराजुमा ४२, खड्गमा पाँच, सुगामा एक, तीरमा सात, सांचोमा एक, किताबमा चार, आधा खोसेलो निकालिएको मकैको घोगामा एक, पुतलीमा एक र रिक्सामा एक मत परेको छ।  

महानगर उपप्रमुखमा गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको ८२३, एमालेको सुनिता डंगोलको २८ सय ८४, राप्रपाका बिनिता मगैयाको ६७० मत परेको छ। यस्तै, निर्वाचन चिन्ह मादलमा एक, हसिया र तारामा एक, कमलको फूलमा तीन, खड्गमा एक, क्यापमा १९, अर्नामा २ र आँखीझ्यालमा २९६ मत परेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर