काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता

काठमाडौंमा बालेन र भरतपुरमा रेनुको  अग्रता
नेपालआईज
१ जेठ २०७९ ९:०८

काठमाडौं महानगरपालिकाको प्रमुख पदका  स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ ले प्रतिस्पर्धीलाई फराकिलो मतले पछाडि पारेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयको पछिल्लो मतगणना अनुसार बालेनले दिउँसो १ बजे  सम्मको अपडेटमा ९४०  मतले अग्रता लिएका छन् ।

उनले २१३९  मत ल्याएका छन् । यस्तै एमलेका उम्मेदवार केशव स्थापितको ११९९  मत मात्रै छ । गठन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १०५७ मत पाप्त गर्दै तेस्रो स्थानमा छिन् । काठमाडौं महानगरको उप उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलल लोकप्रिय मत ल्याइरहेकी छिन् ।

पछिल्लो मतगणना अनुसार डंगोलले २२३२ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत मात्रै पाएका छन्  ।

भरतपुरमा रेनुको अग्रता

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र प्रमुख पदकी उम्मेदवार रेनु दाहालले आग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी दाहालले  १ हजार ३ सय ७२ मत प्राप्त गरेकी छन् । दाहालसँग प्रतिस्पर्धामा रहेका विजयी सुवेदीले १ हजार ३ सय ५ प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेको छन् । उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाएकी छन । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर