अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत  पोख्रेलको कार्ययोजना; कृषि भिसाको पहलदेखि उच्चस्तरीय भ्रमण सम्म

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत  पोख्रेलको कार्ययोजना; कृषि भिसाको पहलदेखि उच्चस्तरीय भ्रमण सम्म
नेपालआईज
५ जेठ २०७९ १३:१९

छत्र शंकर

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत कैलाशराज पोख्रेलले बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै आफ्नो कार्ययोजना सुनाए। उनले दुई देश बिचको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताए । उनले व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको सुनाए ।

उनले भने, ‘दुवै देशमा हाई लेभल भिजिटहरु कम देखिन्छ । त्यसैले सम्पर्क समितिहरूको बैठक बसिरहने वातावरण निर्माण गर्नेछु । व्यापार अभिवृद्धि कसरी गर्ने भन्ने बारेमा पनि वातावरण बनाउनेछु । लगानी अभिवृद्धि कसरी गर्ने भन्ने कुरा निरन्तर रूपमा छलफल गर्नेछौँ ।’

प्रस्तावित राजदूत पोखरेलले नेपाल र अस्ट्रेलियाबीच सिधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने भन्दै पर्यटकहरू र नेपाली विद्यार्थीहरूलाई यसले धेरै सहयोग पुग्ने अपेक्षा राखेको बताए । उनले अस्ट्रेलियाले केही देशहरूमा विद्यार्थीहरूलाई कृषिमा भिसा दिइरहेको नेपाली विद्यार्थीहरूलाई दिन विशेष पहल गर्ने बताए । प्रस्तावित राजदूत पोखरेलले अस्ट्रेलिया आसपास रहेका स–साना राज्यका विद्यार्थीहरूलाई नेपालमा अध्ययनको लागि केही छात्रवृत्ति दिएर सम्बन्ध बिस्तार गर्ने योजना रहेको समितिलाई सुनाए । 

पोख्रेल अर्थ मन्त्रालयका पूर्व सहसचिव हुन्। मन्त्रालयका वैदेशिक सहायता महाशाखामा लामो समय उनी कार्यरत थिए। पछि उनी वासिङ्टनस्थित नेपाली दूतावासमा इकोनोमी काउन्सिलर पनि भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर