अस्ट्रेलियाका सरसफाई अभियन्ता शर्माको सहकार्यमा नेपालमा सरसफाईबारे पढाइ सुरु

अस्ट्रेलियाका सरसफाई अभियन्ता शर्माको सहकार्यमा नेपालमा सरसफाईबारे पढाइ सुरु
नेपालआईज
६ जेठ २०७९ २३:१९

काठमाडौ ।  नेपालमा सरसफाई सम्बन्धि औपचारिक पढाइ सुरु भएको छ . पहिलो कक्षाका बिद्यार्थी बरिस्ठ पत्रकार देखि उक्त क्याम्पसका प्रिन्सिपल सम्म छन् .

सुक्रबार काठमाडौंमा एक समारोहकाबीच बरिस्ट बलिवूड कलाकार मनिषा कोइरालाले सरसफाई सम्बन्धि पहिलो औपचारिक कक्षा पुरा गर्ने बिध्यार्थिलाई प्रमाणपत्र वितरण गरिन . 

गैर आवासीय नेपाली संघका सरसफाई अभियन्ता खेम शर्मासंगको सहकार्यमा पाठ्यक्रम निर्माण गरि नेपालको गेट भोकेसनलले सुरु गरेको उक्त सरसफाई सम्बन्धि औपचारिक कक्षाका बिद्यार्थी छ बर्ष अस्ट्रेलिया बसी हालै नेपाल फर्केका बरिस्ट पत्रकार मनऋषि धिताल, गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई लगायत नौ जना थिए।  

बरिस्ट कलाकार मनिषा कोइरालाले आफुलाई सानोमा आफ्ना अविभावकले सरसफाई सम्बन्धि चेतना दिएको स्मरण गर्दै नेपालमा सरसफाई पेशालाई सम्मानित गर्न सुरुभएको यो अभियानमा आफु सधै साथमा रहने बताइन।  

उनले काम सानो ठुलो केहि पनि नहुने बताउदै सरसफाई मजदूरको योगदानले  देशलाई सुन्दर बनाउने बिचार राखिन . उनले भौतिक सेरोफेरोको सरसफाइले मानसिक क्षेत्रमा पनि ताजा बनाउने बिचार राखिन ।

प्रमुख प्रशिक्षक खेम शर्माले आफु नेपालमा सरसफाई सम्बन्धि क्रान्ति गर्न बिगत आधा दशक देखि लागि परेको बताउदै अब औपचारिक रुपमा सरसफाई शिक्षा नेपालमा सुरु भएकोमा आफु निकै खुशी भएको बिचार व्यक्त गरे ।

उनले आफु सरसफाई शिक्षालाइ स्थापित गर्न र सफाई मजदुरको मर्यादालाइ उच्च राख्न सधै लागिपर्नें बिचार व्यक्त गरे . उनले आफु बिगत आधा दशक देखि नेपालमा सफाई आन्दोलन गरिरहेको र जसको परिणाम स्वोरुप हाल सफाई चेतना सबैतिर फैलिएको पनि बताए ।  

बरिस्ट पत्रकार मनऋषि धितालले आफुले बिश्वबिद्यालयमा पढेको  नेपाली साहित्य , पत्रकारिता र राजनीति शास्त्रको डिग्री भन्दा पनि गेट भोकेसनलको दुइ हप्ते सरसफाई कोर्ष आफ्नोलागी गौरबको लागेको बताए ।

उनले आफु बिदेशमा आधा दशक बस्दा पत्रकारितालाइ निरन्तरता दिदै सफाई मजदूरका रुपमा काम गरेको र स्वोदेशमा आएर त्यहि पेशालाई थप सम्मानित बनाउन आफ्नो परिचय सफाई मजदूरका रुपमा स्थापित गर्न चाहेको बताए ।

गेट कलेजका सी इ ओ खेम लकाईले पढाइ कहिले पनि नसकिने बताउदै आफुले आफ्नो कलेजका सफाई मजदूरसंगसंगै सरसफाई कोर्ष पढेको र आफ्नो कार्यथलोमा लागू गर्न दिक्षित् भएको बताए।  उनले सरसफाई शिक्षा संगै सरसफाईको अनुगमन गर्न त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल जादा  आफ्नो यस सम्बन्धि धारणामा थप परिबर्तन आएको बिचार व्यक्त गरे ।

प्रशिक्षार्थि सफाई कर्मी प्रज्वल खनालले सरसफाई शिक्षा बिना सरसफाई गर्नु भन्दा तालिम सहित गर्दा समय बच्ने र काम पनि सजिलो र राम्रो बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर