गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले देशैभरी ‘एभरेष्ट डे’ मनाउने 

गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले देशैभरी ‘एभरेष्ट डे’ मनाउने 
नेपालआईज
८ जेठ २०७९ ६:४१

न्यूजिल्याण्ड । गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले यही महिनाको अन्त्यतिर देशका सम्प्ूर्ण शहरहरुमा एभरेष्ट डेको आयोजना गर्ने भएको छ । 

न्यूजिल्याण्डमा बसोबास गरेका विभिन्न नेपाली समुदायहरु र हिमालयन ट्रष्टसँग सम्न्वय गरी गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले अकल्याण्ड, हेमिल्टन, बे अफ प्ल्ेन्टी, वेलिङ्गटन, क्रिस्टचर्च र इन्भरकारगिललगायतका शहरहरुमा एभरेष्ट डे मनाउन लागेको हो ।नेपाल र न्यूजिल्याण्डबीच दुईपक्षीय सम्बन्ध विस्तार गर्ने तथा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ्ग नोर्गे शेर्पाले विश्वको चुचुरो सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ का दिन आरोहण गरेको सम्झनास्वरुप हरेक बर्षझैं यो बर्ष पनि एभरेष्ट डे मनाउन लागिएको हो । न्यूजिल्याण्डमा भएका नेपाली समुदायहरुबीच सहकार्य र समन्वय गर्दै नेपाली सँस्कृति, धर्म, सामाजिक मान्यताहरु र भाषाको संरक्षण र प्रवद्र्धन गर्ने कार्यक्रमको अर्को उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर