काठमाडौंको मेयरमा बालेन विजयी !

काठमाडौंको मेयरमा बालेन विजयी !
नेपालआईज
१२ जेठ २०७९ २०:५५

काठमाडौं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह विजयी भएका छन् । स्वतन्त्र उम्मेद्वार बालनेले प्रमुख दलका मेयर पदका उम्मेद्वारसंग भारी मतको अन्तरले विजयी भएका हुन्। काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेद्वारले जितेको यो नै पहिलो हो ।

नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापित बालेनसंग भारी मतान्तरले पराजय भएका छन् । बालेनको विजयपछि उनका समर्थकले काठमाडौंमा विजय जुलुस निकालेका छन् ।

बालेनले निकटतम प्रतिस्पर्धीलाई  २३ हजार ४२६ मतान्तरले हराउँदै विजयी भए । उनले ६१ हजार ७६७ मत सहित विजयी हासिल गरे । महानगर प्रमुखमा उम्मेदवार भएका  नेपाली कांग्रेसकी  सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर