अस्ट्रेलियन  राजदूत बालबालिकाहरूका लागि समावेशी चित्रकला प्रतियोगितामा सहभागी

अस्ट्रेलियन  राजदूत बालबालिकाहरूका लागि समावेशी चित्रकला प्रतियोगितामा सहभागी
नेपालआईज
२८ जेठ २०७९ ११:२८

 काठमाडौं ।  नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कले मश्तिष्क तथा बौद्दिक अपांगता भएका र अन्य बालबालिकाहरुको लागि आयोजित समावेशी चित्रकला प्रतियोगीताका उत्कृष्ट चित्र बनाउने र सहभागी बालबालिकाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । अष्ट्रेलियाली दुतावासको सहयोगमा अटिजम केयन नेपाल सोसाईटीले यो प्रतियोगीता आयोजना गरेको थियो ।

नेपाल ओलम्पिक कमिटी र स्पोर्ट्स् फर अल कमिसनको सहकार्यमा कला र खेलकुदका कार्यक्रहरुमा मश्तिष्क तथा बौद्दिक अपांगता भएका र अन्य बालबालिकाहरुको सार्थक सहभागीता र अटिजम सम्बन्धी चेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोल्कले भन्नुभयो, “आज यहाँ भिन्न भिन्न परिस्थितीका बावजुद बालबालिकाहरुले एकै ठाँउमा भेला भएर रंग र आकारहरुका माध्यमबाट आफ्नो भावना व्यक्त गरेका छन् । उनीहरुले आफ्ना कथाहरु एक आपसमा साटेर अपांगता संग सम्बन्धीत समाजमा विद्यमान केही रुढीवादि सोचहरुलाई हटाउने प्रयास भएको देख्दा खुशी लागेको छ ।”

कुनै पनि समुदाय पूर्ण र साँचो अर्थमा स्वस्थ हुनका लागि त्यस समुदायका सबै सदस्यहरुले कुनै पनि भेदभाव वा पुर्वाग्रह विना सहभागी हुन पाउनु पर्दछ, राजदुत भोल्कले भन्नुभयो ।

राजदुत भोल्कले यस्तो चित्रकला कार्यक्रमले शिक्षकहरु, विद्यालयका प्रशासकहरु, अभिभावकहरु र समुदायका अन्य सदस्यहरुलाई शिक्षामा चित्रकलाको महत्वलाई बुझ्न सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

“कलालाई फुर्सदको समयमा गरिने कृयाकलापको रुपामा मात्र नभएर जीवलको एक अंगको रुपमा प्रवर्धन गर्न जरुरी छ,” राजदुत भोल्कले भन्नुभयो ।

उक्त प्रतियोगीतामा किरव ८० बालबालिकाहरु सहभागी भएका थिए र वरिष्ठ चित्रकार तथा ललित कला प्रतिष्ठानका पुर्व सदस्यहरु सञ्जय वान्तवा र राजमान महर्जनले निर्णायकको भूमिकामा सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर