अस्ट्रेलिया  डिपेन्डेन्ट भिसामा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौंबाट  रूपेश कार्की पक्राउ 

अस्ट्रेलिया  डिपेन्डेन्ट भिसामा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौंबाट  रूपेश कार्की पक्राउ 
नेपालआईज
५ असार २०७९ ६:४१

काठमाडौँ  / अस्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ र्पेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका– १ घर भई हाल जिल्ला काठमाडौँ हाँडी गाउँ बस्ने वर्ष ३२ को रूपेश कार्की छन् । कार्कीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ को म्याद लिई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको समाचार न्युज अखवारले प्रकाशन गरेको छ ।

के हो घटना ?


घटना १: कार्कीले कास्कीको पोखरा महानगरपालिका— १६ बिरौटा बस्ने वर्ष २२ की एक जना महिलालाई क्यानडामा पठाई दिन्छु भन्दै प्रलोभनमा पारे । र, ११ लाख ७१ हजार रुपैयाँ लिए । तर, क्यानडा पठाएनन् । 

घटना २: काठमाडौँ पेप्सीकोला बस्ने वर्ष २८ की अर्की महिलालाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने प्रलोभन देखाए कार्कीले । त्यसबापत उनले ती महिलाबाट ९ लाख ७५ हजार रुपैयाँ लिए । 

आफूहरू ठगिएको थाहा पाएपछि दुई महिला उजुरी गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ गए । प्रहरीले पनि तत्कालै दुईवटै जाहेरीलाई दर्ता गरी अनुसन्धान अघि बढायो र कार्कीलाई पक्राउ गर्‍यो । 

ठगीका घटना बढ्दै, सचेत रहन आग्रह


पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ ३० गते एक जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार घर भएका  ३५ वर्षीय रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ थिए । उनले पोर्चुगल पठाई दिन्छु भनी ८ जनाबाट ३३ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

आफूले बालुवाटारमा अनाथ आश्रम असहाय संस्था सञ्चालन गरेको तथा सो संस्थाले पोर्चुगलमा सेमिनार गर्न लागेको र त्यहाँ जान इच्छुक भए पठाइदिन्छु भन्दै उनले पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरू सक्रिय भएका प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।  यस्तै घटनामा अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भएकोले सचेत रहन र उजुरी गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर