काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपी अस्वीकार गर्ने र सोमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो । उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो ।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।