नेपालले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठायो:गृहमन्त्री खाण

नेपालले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठायो:गृहमन्त्री खाण
नेपालआईज
१३ असार २०७९ १३:३८

काठमाडौं । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी दिएका हुन् । 

यस विषयमा जानकारी दिँदै गृहमन्त्री खाणले भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो । त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर