नेपालमा लगानी गर्न अस्ट्रेलियालाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न अस्ट्रेलियालाई   चेम्बरको आग्रह
नेपालआईज
१४ असार २०७९ १२:०९

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर  लगानी गर्न आग्रह गरेका छन् ।

राजदूत फेलीसिटी र मल्लबीच मंगलबार  चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न  उनीसँग आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताए । नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया  सरकारले उच्च प्राथमिकतामा राखेको बताए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर